इमरान खानको सेनालाई जवाफ : ‘गुलामीभन्दा मृत्यु राम्रो’
पाकिस्तानमा पूर्व प्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष इमरान खानले पाकिस्तान सेनाको मिडिया विभाग आइएसपीआरलाई जवाफ फर्काएका छन् । इमरान खानले भ्रष्ट मानिसलाई कारबाही गर्दा संस्था बलियो हुने बताएका छन् ।
उनले सेनाका वरिष्ठ अधिकारी जनरल फैसल नसिरमाथिको आरोप दोहोराउँदै अनुसन्धान भएका बेला आफूलाई मार्ने व्यक्ति को हो भनेर प्रमाणित गर्न सक्ने भने ।
इमरान खानले भने, ‘आइएसपीआर साहब, मेरो कुरा ध्यान दिएर सुन्नुहोस् । समाजमा हरेक नागरिकको सम्मान हुनुपर्छ । यति बेला सहरको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष हुँ । ५० वर्षदेखि मानिसहरूले मलाई चिनेका छन् । मलाई झुटो बोल्नु पनि छैन । यी व्यक्तिले दुई पटक मेरो हत्या गर्ने कोसिस गरे । अनुसन्धान भएका बेला यी तिनै व्यक्ति थिए भन्ने कुरा प्रमाणित गर्न सक्छु । यी व्यक्तिसँग अरू धेरै मानिस पनि छन् ।’
खानको आरोपलाई आइएसपीआरले अस्वीकार गर्दै भनेको थियो, ‘आफ्नो राजनीतिक हितका लागि पछिल्लो एक वर्षदेखि उनले सेना र गुप्तचर अधिकारीको बदनाम गरिरहेका छन् । ’ विभागले उनी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
गुलामीभन्दा मृत्यु राम्रो
पूर्व प्रधानमन्त्री हुँदासमेत उनले एफआईआर दर्ता गर्न नसकेको इमरान खानले आरोप लगाएका छन् ।
उनले भने, ‘आइएसपीआर सर, जब कुनै संस्थाले आफ्ना कालो भेडाहरू विरुद्ध कारबाही गर्छ, त्यसको विश्वसनीयता बढ्छ । भ्रष्ट र गलत काम गर्ने संस्थालाई पक्रने संस्थाको विश्वसनीयता बलियो हुन्छ ।’
इमरान खानले भने, ‘म मानसिक रूपमा तयार छु । यदि तपाईंलाई मलाई जेल हाल्न मन लागेको छ भने म तयार छु । यो जुन डर्टी ह्यारीले योजना बनाएको छ । यससँग पूरै गिरोह छ । सबैलाई थाहा छ कि उनको साथमा को छन् । यदि उनीहरूको हातमा मेरो ज्यान जानु नै छ भने म यसका लागि पनि तयार छु ।’
इमरानले थपे, ‘यदि यी चोर, डाँकुको गुलामी गर्नुपर्यो भने त म मलाई माथि लैजान भगवान्सँग प्रार्थना गर्छु । उनीहरूको गुलामीभन्दा मृत्यु राम्रो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण