अध्यक्ष ढकाल र आइएलओ देशीय निर्देशकबीच भेटवार्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएको छ ।
भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराउँदै आइएलओबाट प्राप्त सहयोगको प्रशंसा गरे ।
अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिए ।
सो अवसरमा आइएलओका देशीय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए । उनले महासंघसंगको सहकार्य र सहयोग आउँदा दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण