शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ढकाल र आइएलओ देशीय निर्देशकबीच भेटवार्ता

मङ्गलबार, २६ वैशाख २०८०, १८ : २८
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएको छ । 

भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराउँदै आइएलओबाट प्राप्त सहयोगको प्रशंसा गरे ।

अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएओको सहकार्यमा जोड दिए ।

सो अवसरमा आइएलओका देशीय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए । उनले महासंघसंगको सहकार्य र सहयोग आउँदा दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप