रिजालको चौधौँ पुस्तक सार्वजनिक
काठमाडौँ । पत्रकार तथा साहित्यकार कमल रिजालको चौधौँ कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) शीर्षकको यस कृतिलाई साझा प्रकाशनले प्रकाशित गरेको हो ।
स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित यस पुस्तकले दुःखको कारण पत्ता लगाई सरल ढङ्गले समाधान गर्ने तरिका सिकाउन खोजेको छ ।
लेखक रिजालका अनुसार स्थूल, सूक्ष्म र कारण गरी मानव शरीर तीन किसिमको हुन्छ । तिनमा लाग्ने रोग पनि तीन किसिमकै हुन्छ, जसलाई व्याधि, आधि र अविद्या भनिन्छ । त्यस्तै उपचार पनि तीन किसिमकै हुन्छन्, जसलाई आसन, प्राणायाम र ध्यान भनिन्छ ।
स्थूल शरीर भनेको हाडमासुले बनेको शरीर हो । यसमा लाग्ने रोगलाई व्याधी भनिन्छ, जसमा कफ, वात, पित्तजन्य समस्या पर्छन् । आसन यसको अचुक उपचार हो ।
सूक्ष्म शरीर भनेको दस इन्द्रिय र अन्तस्करण चतुष्टयको संयुक्तावस्था हो । यसमा लाग्ने रोगलाई आधि भनिन्छ, जसमा हर्ष, शोक, डर, त्रास, आत्मग्लानी, मनोविसाद, प्राकृतिक प्रकोप आदि पर्छन् । यसको उपचारमा प्राणायाम रामवाँण मानिएको छ ।
कारण शरीर भनेको सूक्ष्म शरीरले खडा गर्ने वासनाको संसार हो । यसमा लाग्ने रोगलाई अविद्या भनिन्छ । यसको उपचार भनेको ध्यान हो ।
पुस्तकले यिनै कुराहरूको दिग्दर्शन गर्दै मानिसले आफूलाई कसरी स्वस्थ र निरोगी राख्न सक्छ भन्ने कुरा प्रष्ट्याउन खोजेको छ ।
त्यसैगरी स्वभावदर्शन खण्डमा जीवनमा आइपर्ने दुःखको कारण पत्ता लगाउने प्रयास भएको छ भने स्वधर्मदर्शन खण्डमा दुःख निवृत्तिको आधार केलाउन खोजिएको छ ।
पुस्तक साझा प्रकाशनको शाखा कार्यालयहरू काठमाडौँ, बिर्तामोड, धरान, विराट्नगर, राजविराज, जनकपुर, त्रिशूली, भरतपुर, बुटबल, पोखरा, दाङ र धनगढी आदि स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण