बालकृष्ण खाणलाई पक्राउ गर्दा प्रहरीले घरको ढोका फुटायो
बुधबार, २७ वैशाख २०८०, १२ : ०३
१
काठमाडौँ । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाएको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका नै तोडेको हो ।
सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको छ । प्रहरी स्रोतका अनुसार सुरुमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । त्यसपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् ।
निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृतले बताए । उनले भने, ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले बुधबार चुच्चेपाटीपस्थित निवासबाट खाणलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण