बालकृष्ण खाणलाई पक्राउ गर्दा प्रहरीले घरको ढोका फुटायो
बुधबार, २७ वैशाख २०८०, १२ : ०३
१

काठमाडौँ । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाएको छ । खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका नै तोडेको हो ।
सो क्रममा केहीबेर तनावको स्थिति बनेको बताइएको छ । प्रहरी स्रोतका अनुसार सुरुमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । त्यसपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् ।
निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृतले बताए । उनले भने, ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले बुधबार चुच्चेपाटीपस्थित निवासबाट खाणलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रेशमको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?
-
प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई