रेमिट्यान्स बढेसँगै बढ्यो विदेशी मुद्राको सञ्चिती, ११ महिनाको आयात धान्न सक्ने
काठमाडौँ । रेमिट्यान्स आप्रवाह वृद्धि भएसँगै देशको भण्डारमा विदेशी मुद्राको सञ्चितीमा समेत व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै १७.९ प्रतिशतले विदेशी मुद्राको सञ्चिती बढेको जानकारी दिएको हो ।
यससँगै, केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । जबकी, २०७९ असार मसान्तसम्ममा यस्तो सञ्चिती जम्मा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिती २०७९ को असार मसान्तसम्ममा ९ अर्ब ५४ करोड थियो ।
चैत मसान्तसम्मको अवधिमा १४.८ प्रतिशतले बढेर अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिती १० अर्ब ९४ करोड पुगेको छ । कूल विदेशी सञ्चिती मध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यो २०.६ प्रतिशते वृद्धि हो ।
विदेशी मुद्राको सञ्चितीले नेपालको ९.४ महिनाको वस्तुतथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, यो रकमले ११ महिनाको आयात धान्न सक्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण