नराम्रा काम गर्दै नगर्नेमा सरकार लागेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रा काम गर्दै नगर्ने भनेर अठोट लिएको बताएका छन् । बुधबार कम्युनिस्ट नेता निर्मला लामाको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने सरकारको अठोट रहेको बताएका हुन् ।
‘सरकारले सानादेखि ठुला राम्रा काम गर्ने । राम्रा बाहेक नराम्रा गर्दै नगर्ने भनेर हामी लागेका छौं’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले सुशासन र सामाजिक न्यायाका निम्ति आम इमान्दार जनता, क्रान्तिकारी, बुद्धिजीवी र नागरिक समाजको सहयोग रहने विश्वास व्यक्त गरे । उनले राजनीतिमा जटिलता आइरहने भन्दै सुशासन कायम गर्ने
क्रममा सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताए । कार्यक्रममा निर्मल लामाले नेपाली कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण