जसपाको विधान अधिवेशन असारमा गर्ने निर्णय
बुधबार, २७ वैशाख २०८०, १६ : ४८
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी असार ९ गतदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले असार ९ देखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । यसअघि सो अधिवेशन जेठ १ गतेदेखि काठमाडौँमा तय भएकामा तयारी नपुगेको भन्दै असारलाई सारिएको हो ।
यस्तै बैठकले नागरिकता सम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
प्रदेश १ को नामकरण विरूद्ध जारी आन्दोलनमा भइरहेको दमनको विरोध गर्दै जसपाले प्रदेशको पुनः नामकरण गर्न जसपाले माग गरेको छ । यस्तै आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि जसपाले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण