जसपाको विधान अधिवेशन असारमा गर्ने निर्णय
बुधबार, २७ वैशाख २०८०, १६ : ४८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी असार ९ गतदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले असार ९ देखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । यसअघि सो अधिवेशन जेठ १ गतेदेखि काठमाडौँमा तय भएकामा तयारी नपुगेको भन्दै असारलाई सारिएको हो ।
यस्तै बैठकले नागरिकता सम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
प्रदेश १ को नामकरण विरूद्ध जारी आन्दोलनमा भइरहेको दमनको विरोध गर्दै जसपाले प्रदेशको पुनः नामकरण गर्न जसपाले माग गरेको छ । यस्तै आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि जसपाले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा