२०७३ पुस १६ मै सकिएको थियो भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम
काठमाडौँ । झापाको दमक र मोरङको पथरीस्थित शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम २०७३ पुस १६ मै समाप्त भएको पाइएको छ । नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का ले शिविरका भुटानी शरणार्थीलाई पुनर्वासमा लैजाने कार्यक्रम सात वर्ष अघि नै समाप्त भएको जानकारी गराएको हो ।
हाल पक्राउ परेका गिरोहले समाप्त भइसकेका पुनर्वास कार्यक्रमलाई अमेरिका लैजाने भन्दै उनीहरूको दर्ता प्रक्रिया र प्रमाणीकरण गरेका हुन् ।
पुनर्वास कार्यक्रमअनुसार दमक र मोरङका दुई शिविरका ६ हजार ३ सय ६५ शरणार्थीको पहिचान र शिविरमा बसेको यथास्थिति प्रमाणित भइसकेको थियो । तर, प्रमाणीकरणमा तलमाथि पारेर यो गिरोहले फेरि नक्कली शरणार्थी बनाई पैसा उठाउँदै अमेरिका लैजाने आश्वासन बाँडेका हुन् ।
यूएनएचसीआरका अनुसार सन् २००६ देखि २०१६ सम्म चलेको पुनर्वास कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियासहित ८ देशमा १ लाख १३ हजार ५ सय शरणार्थी बसोबासमा गइसकेका छन् ।
सन् १९९२ मा सुरु भएको भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकारकै आग्रहमा पुनर्वास कार्यक्रम अघि बढाइएको थियो
गृहका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको समितिले ‘विशेष सेवा सर्तमा शरणार्थीलाई राष्ट्रियकरण गर्न नमिल्ने भए पनि आत्मनिर्भर बन्नका लागि मार्ग प्रशस्त गर्न सकिने’ सुझाव सरकारलाई दिएको थियो । सुझावमा शरणार्थीलाई सामूहिक खेतीतर्फ लगाउने र श्रम अनुमति दिएर जीविकोपार्जनमा अग्रसर गराउन सकिनेसमेत भनिएको थियो ।
समितिले प्रमाणका आधारमा ४ सय २९ जना भुटानी शरणार्थीलाई परिचयपत्र दिने सिफारिस गरेको थियो । तर, हाल पक्राउ परेका केशव दुलाल, सानु भण्डारी, सचिव टेक नारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको सुरक्षा सल्लाहकार डा. इन्द्र जित राई, सागर राई लगायतको गिरोहले प्रतिवेदनको नाम उल्टापाल्टा पारेर सर्वसाधारणलाई भुटानी शरणार्थीका नाममा पैसा असुलेको बताइएको छ ।
पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीसहित यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण