जसपाले विधान अधिवेशन असारमा गर्ने
बुधबार, २७ वैशाख २०८०, २० : ०९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशन असारमा गर्ने भएको छ । बुधबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार ९ देखि ११ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
संसदबाट दुईपटक पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणित गरी कार्यान्वयन लैजान सरकारलाई आग्रह गरिएको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रदेश १ को नामकरणविरुद्ध आन्दोलन गरिरहेका आन्दोलनकारी पक्षसँग वार्ता गरी समस्या समाधान गर्न जसपाले माग गरेको छ ।
बस्नेतका अनुसार बैठकले बाराका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण