शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले विधान अधिवेशन असारमा गर्ने

बुधबार, २७ वैशाख २०८०, २० : ०९
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशन असारमा गर्ने भएको छ । बुधबार बसेको  जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार ९ देखि ११ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।  

संसदबाट दुईपटक पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणित गरी कार्यान्वयन लैजान   सरकारलाई आग्रह गरिएको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

प्रदेश १ को नामकरणविरुद्ध आन्दोलन गरिरहेका आन्दोलनकारी पक्षसँग वार्ता गरी समस्या समाधान गर्न जसपाले माग गरेको छ । 

बस्नेतका अनुसार बैठकले बाराका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनयन गर्ने निर्णय गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप