सिंगापुरमा हट आँचल
काठमाडौंँ । अभिनेत्री आँचल शर्माको लागि २०८० को सुरुवात राम्रो हुन सकेन । उनले अभिनय गरेको ‘नाई नभन्नु ल ६’ को व्यवसाय त राम्रो भएन भने अभिनयबाट पनि उनले सकारात्मक प्रतिक्रिया समेत पाउन सकिनन् । कतिपयले त ‘नाई नभन्नु ल ६’ मा रहेको उनको अभिनय अहिलेसम्मकै कमजोर टिप्पणी गरे । उनले आफ्नो गेटअप र फेसनमा गर्ने मिहिनेत अभिनयमा गरेको भए सुनमा सुगन्ध हुने धारणा धेरैको थियो ।
उनले फिल्म छनोटदेखि अभिनयसम्ममा सुधार गर्नुपर्ने सुझाव समेत दिइएको छ । फिल्म फ्लप भएपछि विभिन्न नकारात्मक टिप्पणीको सामना गरेकी आँचल अहिले सिंगापुर पुगेकी छिन् । फिल्मको तनाव भुल्ल र घुमघाम गर्ने उद्देश्यले उनी सिंगापुर पुगेकी हुन् । सिंगापुरमा पुगेर आँचलले स्वीमिङ पुलमा रमाउँदै विभिन्न फोटो सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचलले पोष्ट गरेका तस्बिरमा उनी निकै हट एण्ड बोल्ड छन् । तस्बिरमा विभिन्न खालका प्रतिक्रिया मिलिरहेको छ । कतिपयले आँचलको तबिरलाई रुचाएका छन् भने कतिपयले आँचल दुब्लाएको भन्दै चिन्ता गरेका छन् । तर तस्बिर हेर्दा उनी सिंगापुर होलिडेमा खुसी देखिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण