भुटानी शरणार्थी प्रकरणमा कारबाहीका लागि दबाब दिन वाइसिएलले प्रदर्शन गर्ने
बिहीबार, २८ वैशाख २०८०, १६ : १७
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले बताए ।
सरकारलाई भुटानी शरणार्थी प्रकरणमा सहयोग पुग्नेगरी काम गर्न दिनुपर्ने शेर्पालीले बताए । ‘शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्यास् । दोषि नछुटोस्, निर्दोष नफसोस र भ्रष्टाचारविरुद्धको अभियान नरोकियोस् भन्ने छ’ शेर्पालीले भने, ‘भ्रष्टाचार अनियमिततामा सबैले ऐक्यबद्धता र खबरदारी गर्नु आम नागरिकको जिम्मेवारी हो ।’
वाइसिएलका मातहतका सबै कमिटीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा कारवाहीका लागि दबाब दिन कार्यक्रम गर्न निर्देशन दिएको शेर्पालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण