बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बास्केटबल : लालीगुराँस र एचएचसीएलाई सफलता

बिहीबार, २८ वैशाख २०८०, १८ : ४४
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रातर्फ बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बसुन्धरास्थित आयोजक विद्यालयको कोर्टमा भएको खेलमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ अंकले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बीएनएकी स्मृति खत्रीले १३ अंक जोडिन् । 

सिनियर छात्रातर्फ नै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ अंक र एचएचसीएले बेल मोन्टलाई २९–१४ अंकले हराए । एलएनएकी सदिक्षा गुरुङ र एचएचसीएकी सरा राईले समान ८–८ स्कोर गरे । 

जुनियर छात्रतर्फ एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० अंकले पाखा लगाए । 

एन्जल्स हार्टका रुपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले १०, ओडिसीका सुहान तामाङले ७ र स्किब्सका सोहन ठकुरीले ८ अंक जोडे ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीको एकमात्र प्रतिस्पर्धामा ओडीसीले काठमाडौं ग्लोबलमाथि १३–८ अंकको जित हासिल ग¥यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप