‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित
मकवानपुर । मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३ गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा वढी गाई/गोरु तथा वाछावाछी सो रोगवाट विरामी एवं प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन गाई, र कैलाश गाउँपालिकामा तीन गाई मरेका छन् ।
एक्कासी गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको नमुना जाँचका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । सो प्रयोगशालाले जाँच गर्दा जिल्लाका गाईगोरुमा लम्पी स्कीन रोगबाट प्रभावित भएको पुष्टि गरेको थियो ।
मकवानपुर गढीमा सबैभन्दा बढी प्रभावित भएपछि गाउँपालिकाले नमुना जाँचका लागि काठमाडौँ लगेको थियो । गाउँपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत सत्यनारायण शाहले लम्पी स्कीन रोग विरुद्धको औषधि नभएकाले उपलब्ध औषधि र प्राविधिक खटाएर गाईगोरुका उपचार सुरु भएको जानकारी दिए ।
हाल एक हप्तादेखि सो लम्पी स्कीन रोग नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय र प्राविधिकसँग छलफल गरेको जनाइएको छ । रोग प्रभावित गाउँपालिकामा निःशुल्क सो रोगविरुद्ध खोप लगाउन सुरु भएको पशुसेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण