इमरान खान आज उच्च अदालतमा हाजिर हुने, गिरफ्तारीलाई चुनौती दिने याचिकामा सुनुवाइ हुँदै
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मामिलामा शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुँदै छन् ।
उनलाई शुक्रवार बिहान ११ बजे अदालतमा हाजिर हुन भनिएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यो मुद्दामा उनको गिरफ्तारीलाई अवैध बताउँदै उनलाई इस्लामाबाद उच्च अदालतमा पेस हुन भनिएको थियो ।
सर्वोच्च अदालतले बिहीबार को सुनुवाइमा अल कादिर ट्रस्ट केसमा नेशनल अकाउन्टेबिलिटी ब्युरो ( एनएबी ) को तर्फबाट इमरानको गिरफ्तारीलाई अवैध बताउँदै भन्यो, ‘इमरान खानलाई शुक्रवार ११ बजे इस्लामाबाद उच्च अदालतमा पेस गरियोस् ता कि अल कादिर ट्रस्ट केसमा एनएबीको तर्फबाट उनको गिरफ्तारीलाई दिइएको चुनौतीमा सुनुवाई हुन सकोस् ।’
सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई अवैध बताएको छ तर उनलाई घर जान अनुमति दिइएको छैन ।
दुई दिन अघि इमरान खान पक्राउ परेपछि पाकिस्तान भरी भीषण हिंसा र प्रदर्शन सुरु भएको थियो ।
शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुने बेलासम्म आफ्नो सुरक्षाका लागि उनी अदालतको निगरानीमा नै प्रहरी सुरक्षामा बस्नुपर्ने अदालतले बताएको छ ।
प्रधानन्यायाधीश उमर अता बान्दियालले इमरान खानलाई भने, ‘तपाईंको गिरफ्तारी अवैध छ त्यसैले पूरा प्रक्रियालाई सुरु देखि नै हेर्न आवश्यक छ ।’
प्रधानन्यायाधीश बान्दियालले भने, ‘पेशीका बेला इस्लामाबाद प्रहरी सुरक्षामा हुने र खानले प्रहरी लाइन हेडक्वार्टरमा भेट्न चाहने आफन्त र वकिलको नामको एक सूची दिनुपर्ने कुरा हामी प्रस्तावित गर्छौँ ।’
इमरान खानले अदालतलाई इस्लामावाद बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्कन अनुमति दिनुपर्ने माग गरेका थिए ।
इमरान खानका वकिल बाबर अवानले पत्रकारसँगको कुराकानीमा अदालतले उनी सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तलाई भेट्न सक्ने आदेश दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण