राजनीतिबाट सताइएका अरमानले बलिउड छाड्दै
मुम्बई । गायक अरमान मलिकले बलिउडमा भइरहेको राजनीतिबारे खुलेर कुरा गरेका छन् । अरमानले चलचित्र क्षेत्र छोड्ने निर्णय पनि गरेका छन् । उनले बलिउडका गायकहरूले चलचित्रमा गीत गाउँदा पारिश्रमिक नपाउने तथा गीत हिट भयो भने गायकले लाइभ शो मार्फत कमाइ गर्ने निर्माण पक्षको अनुमान रहने उनको भनाई छ ।
गायकले यो पनि खुलासा गरे कि उनी बिना कारण अन्तिम क्षणमा उनका गीतहरू बदलिन्थे, जसले उनलाई धेरै चोट पुर्याएको उनको जिकिर छ । यी सबै कुराबाट दिक्क भएर अब अरमानले बलिउड म्युजिक इन्डस्ट्री छोड्दैछन् । यी सबै छोडेर उनी आफ्नो संगीतमा ध्यान दिन चाहन्छन् ।
राज शामनीको पोडकास्टमा अरमानले उनी धेरै पटक रिप्लेस हुनुपरेको खुलासा गरे । उनले भने- 'मेरो जीवनको त्यो फेज थियो, जब प्रोजेक्टहरूबाट मेरो ठाउँमा अन्यलाई राखिन्थ्यो । यी सबै कुराबाट बाहिर निस्कनुपर्छ भन्ने लागेको छ ।’
उनले भने, ‘यी सबै कुराले मलाई निकै डर पैदा गर्यो म सोच्न थालेँ– के म राम्रो गायक होइन ? तर म गायकको रूपमा कस्तो छु भन्नेमा म ढुक्क छु।’ न्युजिल्यान्डमा केही समय बिताएपछि अब यो माहोलबाट बाहिर आएर आउन चाहेको अरमानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण