ओलीले गरे सङ्घीयताको विरोध गर्ने आफ्नै पार्टीका नेताको आलोचना
काठमाडौँ । नेकपा एमालेको ५ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्माओलीले एमाले सङ्घीयताको विपक्षमा जाने चर्चाको खारेज गरेका छन् । पार्टी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता विष्णु रिजालले पार्टीको बैठकमा अध्यक्ष ओलीले एमाले सङ्घीयताको विपक्षमा जाने कुरा गलत भएको स्पष्ट रूपमा राखेको जानकारी दिए ।
बैठक समापनको क्रममा अध्यक्ष ओलीले बजारमा एमाले सङ्घीयताको विपक्षमा रहेको, एमालेले संघीयता नमान्ने विषयमा हल्लाहरु चलेकामा त्यसलाई खारेज गरेको नेता रिजालले बताए । केही नेताले सङ्घीयताको विरुद्धमा बोल्दा पार्टीको निर्णय जसरी कुरा आउनु राम्रो नभएको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै नेता रिजालले भने– ‘संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । सङ्घीयताको बारेमा हाम्रो बैठकमा कुनै छलफल पनि भएको छैन । कुनै साथीले, कुनै ठाउँमा दुई तीनजना उभिँदा, समूहमा कुरा गर्दा राखेका कुराहरूलाई पार्टीको आधिकारिक निर्णय हो भनेजसरी प्रचार गरिएको छ, यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ । पार्टीको विधिको हिसाबले पनि गलत छ । पार्टीको मान्यताको हिसाबले पनि गलत छ । नेपालमा संघीय गणतन्त्र स्थापना गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा एमाले हो ।’
यो कुरा पार्टी अध्यक्ष ओलीले प्रष्टसँग पार्टीको बैठकमा राखेको नेता रिजालले जानकारी दिए । एमालेमा गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरूले संघीयतामाथि पुनर्विचार गर्नुपर्ने विचार राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण