एमालेले ‘देशैभरी छोराछोरी’ र मध्यपहाडी लोकमार्गस्तरीय अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको पाँचौ केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
युवाहरुको बीचमा पार्टीको कामलाई प्रभावकारी बनाउन आफ्नै घर घरबाट अभियान चलाउनुपर्ने अवस्था आएकोले एमालेले ‘देशैभरी छोराछोरी’ अभियान सञ्चालन गर्ने निर्णय भएको एमाले नेता बिष्णु रिजालले जानकारी दिए । बाउआमा राजनीतिमा रहेपनि छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति रहेकोले त्यसका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
केन्द्रदेखि वडासम्म नियमित ढंगले पार्टी कार्यालय सञ्चालन हुने भएकोले नेताहरुको भेटघाट पार्टी कार्यालय केन्द्रीत गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै विगतमा पार्टीका नेताहरुलाई सेल्टर दिने ब्यक्तिहरुलाई समेटेर पुस्तक निकाल्ने निर्णय गरेको पनि रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण