शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेअफ छनोटतर्फ अघि बढ्दै लखनउ

शनिबार, ३० वैशाख २०८०, २० : ४२
शनिबार, ३० वैशाख २०८०

हैदरावाद । लखनउ सुपरजायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादमाथि लगातार तेस्रो जित हात पारेको छ । टोलीले हैदरावादलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै लखनउले प्लेअफ छनोटतर्फ अर्को कदम अगाडि बढाएको छ । टोलीको खातामा १३ अंक छ ।

टस जितेर ब्याटिङ गरेको हैदरावादले आफ्नो घरेलु मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य लखनउका ब्याट्सम्यानले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

निकोलस पुरानको १३ बलमा नटआउट ४४ रनको विस्फोटक पारीले लखनउलाई जित दिलायो। टोलीले पहिलो १२ ओभरमा ७५ रन मात्र बनाएको थियो । पुरनका अलावा प्रेरक मङ्कडले ४५ बलमा अविजित ६४ रन बनाए । मार्कस स्टोइनिसले २५ बलमा ४० र क्विन्टन डिककले १९ बलमा २९ रन बनाए । ग्लेन फिलिप्स, मयंक मार्कण्डे र अभिषेक शर्माले एक-एक विकेट लिए ।

यसअघि हैदरावादका लागि हेनरिक क्लासेनले २९ बलमा ४७ रन बनाएका थिए । ओपनर अनमोलप्रीत सिंहले २७ बलमा ३६ रन बनाए । क्रुणाल पाण्ड्याले २ विकेट लिए भने युधवीर, आवेश खान, यश ठाकुर र अमित मिश्राले एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप