प्रतिबन्धित लागुऔषध गाँजासहित २ जना महिला पक्राउ
झापा । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट २ जना महिला पक्राउ परेका छन् ।
दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती बस्ने वर्ष ६० की सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण