आशङ्काहरूलाई पूर्णविराम लगाउँदै राघव र परिणीतिले गरे इन्गेजमेन्ट
नयाँ दिल्ली । आम आदमी पार्टीका युवा सांसद राघव चड्ढाले बलिउड अभिनेत्री परिणीति चोपडासँग इन्गेजमेन्ट गरेका छन् । शनिबार दिल्लीको कपूरथाला हाउसमा आयोजित कार्यक्रमबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।
राघव र परिणीति यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेका थिए । उनीहरूको विवाहबारे लामो समयदेखि विभिन्न आङ्कलन गरिँदै आएको थियो । गत मार्चमा संसद् सत्रका दौरान सभापतिको कुर्सीमा रहेका उपराष्ट्रपति जगदीप धनखडले समेत राघवलाई जिस्क्याउँदै ‘आजकल तपाईं सामाजिक सञ्जालमा निकै छाउनुभएको छ’ भनेका थिए । त्यतिबेला नै आम आदमी पार्टीका एक सांसद सञ्जीव अरोडाले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै दुई जनालाई बधाई दिएका थिए ।
राघव दिल्लीको राजिन्दर नगर विधानसभा क्षेत्रबाट निर्वाचित विधायक हुन् । उनलाई सन् २०२२ को पञ्जाब चुनावमा आम आदमी पार्टीको तर्फबाट सहप्रमुख बनाइएको थियो । पञ्जाबमा आम आदमी पार्टीको प्रचण्ड जीतमा उनको प्रमुख योगदान रहेको छ ।
राघवले दिल्लीको विश्वविद्यालयबाट स्नातकको पढाई गरेका थिए र पछि उनी चार्टर्ड अकाउन्टेन्ट पनि बने । यसको साथै उनी आम आदमी पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य तथा राष्ट्रिय प्रवक्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण