धनगढीको एक खाद्य गोदाममा आगलागी
आइतबार, ३१ वैशाख २०८०, ०९ : ४२
धनगढी । कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ ।शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) स्थित पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको खुलेको छ ।
आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टलाई उद्धृत गर्दै प्रहरीले बतायो ।
धनगढी उपमहानगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण