चलचित्र ‘दि केरल स्टोरी’ प्रतिबन्ध गरेकी पश्चिम बगालकी मुख्यमन्त्रीले भेटिन सलमान खानलाई
मुम्बई । बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्।
सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए । जुन बेला सुपरस्टार खानलाई एक झलक हेर्न ठुलो सङ्ख्यामा फ्यान सडकमा भेला भएका थिए ।
दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफ्नो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाइएको छ । धर्मान्तरणको विषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच वैमनस्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन् ।
ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।
ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौँ । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’
सुरक्षा अधिकारीहरूका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन । उनै सुरक्षा अधिकारीहरूका अनुसार सलमान बसेको होटेलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण