राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’ भोलिदेखि, तयारी पूरा
कैलाली । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले जनाएअनुसार अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो । दुई भागमा एक साथ सुरु हुने अभियानको उद्घाटन जेठ १ गते गरिने उनले जानकारी दिए । जसअनुसार कञ्चनपुरको महेन्द्रनगर र बागलुङ जिल्लामा एक साथ कार्यक्रम उद्घाटन गरिने उनको भनाइ छ ।
अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविध कार्यक्रम हुने जनाइएको छ । दुवै ठाउँबाट अघि बढ्ने अभियानलाई जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने महासचिव भट्टको भनाइ छ ।
उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने जनाइएको छ । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् । यस्तै, तुल्सीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र प्रवक्ता दुर्गा पौडेलले गर्ने जनाइएको छ ।
बाग्लुङबाट सुरु हुने दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण