राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’ भोलिदेखि, तयारी पूरा

कैलाली । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले जनाएअनुसार अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो । दुई भागमा एक साथ सुरु हुने अभियानको उद्घाटन जेठ १ गते गरिने उनले जानकारी दिए । जसअनुसार कञ्चनपुरको महेन्द्रनगर र बागलुङ जिल्लामा एक साथ कार्यक्रम उद्घाटन गरिने उनको भनाइ छ ।
अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविध कार्यक्रम हुने जनाइएको छ । दुवै ठाउँबाट अघि बढ्ने अभियानलाई जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने महासचिव भट्टको भनाइ छ ।
उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने जनाइएको छ । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् । यस्तै, तुल्सीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र प्रवक्ता दुर्गा पौडेलले गर्ने जनाइएको छ ।
बाग्लुङबाट सुरु हुने दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने