बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४ जना नेपालीले प्रतिवर्ष १ लाख डलरसहितको छात्रवृत्ति पाए

आइतबार, ३१ वैशाख २०८०, १३ : १९
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो ।

डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी भक्तिवेदान्त हस्पिटलको सीईओ हुन् । परियार लेखक तथा अभियान्ता हुन् भने लामिछाने नेपाल सरकारका उपसचिव हुन् । त्यस्तै रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत हुन् ।

उनीहरूलाई प्रत्येक वर्ष १ लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्नेछ । फुलब्राइट स्कलरसिप भन्नाले अमेरिकी सरकारद्वारा विभिन्न देशका समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो ।

यो छात्रवृत्ति पाउनेले जे १ भिसामा अमेरिका जान र त्यहाँका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउँछन् ।  उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष उपलब्ध गराइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप