यस वर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन
बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो ।
दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो । हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए । यस पटक सिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि सात लाख ८० हजारसम्म र झारलको रु तीनदेखि तीन लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा एक नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।
यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको सिकार भएको थियो । आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण