१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते गर्ने भएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उलेल्लखित मिति र समयभित्र बोलकबोल पेस गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक लगानीकर्ताले मंगलबार दिउँसो ३ बजेभित्र प्रस्तावित ब्याजदरसहित ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
२०८० जेठ ३ गते जारी हुने ऋणपत्र आगामी २०८५ जेठ ३ गते परिपक्क हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बैंकले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भूक्तानी दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण