शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सोमबार, ०१ जेठ २०८०, १२ : ४२
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते गर्ने भएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उलेल्लखित मिति र समयभित्र बोलकबोल पेस गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक लगानीकर्ताले मंगलबार दिउँसो ३ बजेभित्र प्रस्तावित ब्याजदरसहित ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । 

२०८० जेठ ३ गते जारी हुने ऋणपत्र आगामी २०८५ जेठ ३ गते परिपक्क हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बैंकले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भूक्तानी दिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप