यात्रुवाहक बसमा लागू औषध, दुई महिलासहित तीनजना पक्राउ
तनहुँ । यात्रुवाहक बसमा लागू औषध ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागू औषधसहित फेला पारेको हो ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ बस्ने २० वर्षीय अरुण पटेललाई झोलाबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको ईच्छाकामना गाउँपालिका वडा नं.६ पाचकिलो बस्ने ५० वर्षीया पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.४ आमबेसी डाडा बस्ने ४२ वर्षीया माया गुरुङले गाडीको डिक्कीमा राखेको २ वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ के.जी.गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । लागु औषध ओसारपसारमा संलग्न तीनै जनालाई पक्राउ गरी थप भई अनुसन्धान कार्य भइरहेको विकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण