संसदमा टिसर्ट र जिन्स लगाउन नदिनु रास्वपामाथिको रणनीतिक हमला हो : सुमना श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सुमना श्रेष्ठले टिसर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित नहुने टिप्पणी गरेकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएको भन्दै आफ्नो दल सही बाटोमा रहेको बताएकी हुन् ।
उनले संसद्मा लगाउने पोसाकको मर्यादा तोक्नु रास्वपामाथिको रणनीतिक हमला भएको टिप्पणी गर्दै रास्वपाले त्यसको विरोध गर्ने बताइन् । सांसद श्रेष्ठले भनिन्, ‘हरेक परिवर्तनको सुरुवातमा सत्तामा रहेका शासकहरुले परिवर्तनको मसाल बोक्नेहरुलाई दबाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरैथरी देखावटी प्रगतिशील देखावटी शब्दहरु प्रयोग गरेर समाजलाई विचलित गर्ने गरिन्छ । टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाउने सबैलाई विश्वस्त पार्न चाहन्छु, हामी सही बाटोमा छौँ ।’
‘चाकडीबाजबाट टाढिएर, पहिरनमा हैन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अघि बढ्न खोज्ने नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ', सांसद श्रेष्ठले अगाडि भनिन्, 'सचेत रहनुहोस्, तपाईंले हामीलाई रोक्न सक्नुहुन्न सक्दै त सक्नुहुन्न । जवाफ माग्न छोड्ने छैनौँ, नयाँ पुस्ताको देखिने गरी प्रस्तुति गर्न बन्द गर्ने छैर्नौँ ।'
आइतबार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामा बस्दा सांसदहरुले औपचारिक पहिरन लगाउने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण