किसानलाई पूर्ण रूपमा निःशुल्क विद्युत् दिऔँ : कृषिमन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिमा आधारित उद्योगलाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्ने बताएका छन् । मन्त्रालयमा त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले कृषि, पशुपन्छी तथा मत्स्यपालन र कृषिमा आधारित उद्योगलाई सरकारले निःशुल्क रूपमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।
उनले भने, ‘किसानलाई निःशुल्क विद्युत् उपलब्ध गराउन मैले पहल थालिसकेको छु । हामीले कृषि क्षेत्रमा विभिन्न प्रकारका अनुदान दिँदै आएका छौँ । यसको प्रभावकारिता खासै देखिँदैन । वास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको छ । अब कृषि तथा पशुपन्छी, मत्स्यपालन, कृषिमा आधारित उद्योगमा प्रयोग भएको विद्युत् महसुल निःशुल्क दिनुपर्छ ।’
मन्त्री भुसालले नेपालमा उत्पादित कतिपय कृषिजन्य वस्तुको निर्यात प्रक्रियालाई सहजीकरण गर्न आफू तयार रहेको बताए । उनले पूर्वी नेपालमा उत्पादित स्कुस तरकारी निर्यात गर्न नपाएको गुनासो मन्त्रालयमा आएकाले त्यसलाई सहजीकरणको लागि आवश्यक पहल थाल्ने बताए । समीक्षा कार्यक्रममा चालू आवमा कम प्रगति देखिएका विभाग, आयोजनाहरूलाई तत्काल संवेदनशील भएर काम थाल्न निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण