देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ : माधवकुमार नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधा मात्रै बदलिएको टिप्पणी गरेका छन् । सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सिङ्गै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताए ।
‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ । व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ । सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ । अनि मात्रै अवस्थामा परिवर्तन गर्न सक्छौँ’ नेपालले भने, ‘अर्को भाष्य छ निर्वाचनदेखि निर्वाचनसम्म मात्रै भयो । एउटा चुनावदेखि चुनावसम्म अर्को जनतादेखि जनतासम्मको व्यवस्था छ । हामी कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने र जनताको हित र कल्याणमा लागि रहने हो ।’
कम्युनिस्टहरू जनतामा लाग्नुको मतलब जनताको चेतना निर्माणमा दृढ भई लाग्नुपर्ने नेपालले बताए । ‘हाम्रो जनता बाहेक अर्थोक कुनै राजनीति छैन । कम्युनिस्ट बाहेक अरूले राम्रो गर्न सक्दैनन् । अब देशमा निराशा बढेको छ त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता छ’ नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण