पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने एक जना पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका विराटचौकमा रहेका २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित रमेश आचार्यले दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर ए भिजन एकाउन्ट सोलुसन प्रा।लि। फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी पैसा निकालेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार उनले विभिन्न समयमा २८ हजार एक सय र आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पनि पटकपटक गरेर ६६ हजार आठ रुपैयाँ पैसा निकालेका छन् ।
पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण