अनुसन्धान अधिकृतको छैटौँ प्रश्नमा बालकृष्णले भने–‘भयो, आज बयान नगरौँ’
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले सोमबार ११ बजे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान गराउन उपस्थित गराएको थियो । जिल्ला न्यायाधिवक्ता जनक घिमिरे र प्रहरीका अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । तर, उनको बयान बयान पुरा भने भएको छैन ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा करिब ४० करोड ठग्ने गिरोहसँग खाणको संलग्नता देखिएको छ । शरणार्थी प्रकरणबारे अनुसन्धान अधिकृतहरूलाई खाणले ५ वटा प्रश्नको जवाफ दिए । अनुसन्धान अधिकृतहरूले छैटौँ प्रश्न सोधेपछि पूर्वमन्त्री खाणले भने–‘भो, आज बयान गर्न सक्दिनँ ।’
बयान गर्न इन्कार गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फिर्ता गरिएको छ । डिएसपीको कार्यकक्षमा उनलाई बेड व्यवस्था गरिएको छ । उनी बस्ने कोठामा रेखदेख गर्न एकजना प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खाणको बयान मंगलबार फेरि गराउने प्रहरीको तयारी छ । शरणार्थी प्रकरणमा संलग्न आरोपी पूर्व सांसद आङ्टावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा थुनामा पर्नेको सङ्ख्या १४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण