बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

अनुसन्धान अधिकृतको छैटौँ प्रश्नमा बालकृष्णले भने–‘भयो, आज बयान नगरौँ’

सोमबार, ०१ जेठ २०८०, १९ : ५८
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले सोमबार ११ बजे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान गराउन उपस्थित गराएको थियो । जिल्ला न्यायाधिवक्ता जनक घिमिरे र प्रहरीका अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् ।  तर, उनको बयान बयान पुरा भने भएको छैन ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा करिब ४० करोड ठग्ने गिरोहसँग खाणको संलग्नता देखिएको छ । शरणार्थी प्रकरणबारे अनुसन्धान अधिकृतहरूलाई खाणले ५ वटा प्रश्नको जवाफ दिए । अनुसन्धान अधिकृतहरूले छैटौँ प्रश्न सोधेपछि पूर्वमन्त्री खाणले भने–‘भो, आज बयान गर्न सक्दिनँ ।’

बयान गर्न इन्कार गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फिर्ता गरिएको छ । डिएसपीको कार्यकक्षमा उनलाई बेड व्यवस्था गरिएको छ । उनी बस्ने कोठामा रेखदेख गर्न एकजना प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खाणको बयान मंगलबार फेरि गराउने प्रहरीको तयारी छ । शरणार्थी प्रकरणमा संलग्न आरोपी पूर्व सांसद आङ्टावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा थुनामा पर्नेको सङ्ख्या १४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप