नक्कली भुटानी शरणार्थी प्रकरण
सरकारी वकिलको कार्यालयमा बालकृष्णको बयान सकिएन, भोलि फेरि निरन्तर
सोमबार, ०१ जेठ २०८०, १४ : ५९

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।
आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए । बयान अझै नसकिएकाले मंगलबार पनि जारी रहने सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
बुधबार पक्राउ परेका खाँणमाथि आइतबार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन