इनरुवा–काँकडभिट्टा रेलवे बनाउन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् ।
२०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भएपनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग गरे ।
‘इनरुवाबाट काँकडभिट्टासम्म रेलवे बनाउने भनेर जग्गा होल्ड गरेर राखिएको छ, अहिलेसम्म मुआब्जा दिइएको छैन, न जग्गा बेच्न पाइन्छ, न जग्गाको मुआब्जा पाइन्छ, मान्छेहरूको बिजोक भएको छ,’ सांसद शर्माले भने, ‘सरकारले यो विषयमा ध्यान दिएर तत्काल मुआब्जा दिनुपर्यो, हैन भने जग्गा फुकुवा गरिदिनुपर्यो ।’
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेलबारी नगरपालिका–८ राधानगरमा पेट्रोल खानी रहेको भनिएकाले त्यहाँबाट पेट्रोल उत्खनन गर्न पनि माग गरेका छन् । बर्षौअघिदेखि पेट्रोल खानी छ भनेर राधानगरमा घेराबारा गरेर राखिएको भन्दै सांसद शर्माले पेट्रोल खानी भए उत्खनन गर्न माग गरेका हुन् ।
फरक प्रसंगमा सांसद शर्माले कोशी प्रदेश नामकरणविरुद्ध पहिचानवादीले गर्दै आएको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा पनि राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण