सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिसँग सम्बन्धित बीमालेख र क्षतिको दाबी रोकियो

सोमबार, ०१ जेठ २०८०, २० : २२
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरू असमर्थ रहेको नेपाल बीमक संघले जनाएको छ । 

बीमालेखको बीमाकमा कृषि विभागको असहमति रहेको बताउँदै बीमांक यकिन नगरी दाबी भुक्तानी दिन नसकिने भएकोले जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गरिने जानकारी संघले दिएको हो ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको कृषि बीमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरूको अनुदान रोकेकोमा संघले आपत्ति जनाएको छ । यसले नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने बताउँदै संघले नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपन्छी मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको छ ।  

अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हाल सम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरू अत्यधिक जोखिममा रहेको संघको भनाई छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप