केसीको सभापतित्वमा सुशासन समितिको बैठक
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ । समितिका ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसीको सभापतित्वमा बैठक सुरु भएको हो ।
सरकारबाट भए गरेका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम गठन भएका विभिन्न समितिहरूमध्ये राज्य व्यवस्था तथा सुशासन समिति पनि एक मानिन्छ । यस समितिले आफ्नो अधिकारक्षेत्रका विषयमा कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिँदै आएको छ ।
प्रतिनिधि सभाको नियमित कामकारबाहीमा सहयोग पुर्याउन तथा सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जबाफदेही बनाउन यो समिति जिम्मेवार मानिन्छ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समितिका ज्येष्ठ सदस्य नवल किशोर साह सुडीको सभापतित्वमा बसेको छ ।
त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीको सभापतित्वमा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण