शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा कुल रहन चाहनुहुन्छ, यी चार प्रकारका पहिरनले दिनेछ ‘कम्फर्टेबल र स्टाइलिस लुक्स’

मङ्गलबार, ०२ जेठ २०८०, १३ : १२
मङ्गलबार, ०२ जेठ २०८०

पसिना र गर्मीले उकुसमुकुस पार्ने यो मौसममा स्टाइलिस देखिनु चुनौतीपूर्ण काम हुनसक्छ । यो मौसममा तपाईंले टाइट लुगा लगाउँदा घमौरा, डाबर आउन सक्छ । यस्तोमा यदि तपाईं फेसनेबल देखिनुका साथै आफूलाई गर्मीबाट जोगाउन चाहनुहुन्छ भने केही यस्ता पहिरन छन् जसले तपाईंको लुकलाई राम्रो पनि बनाउनेछ र दिनभरि सहज पनि महसुस गर्न सक्नुहुन्छ ।   

कपडाको ख्याल राख्नुहोस्

गर्मी मौसममा लिनन, कटन र रेयनबाट बनेको लुगा लगाउनुहोस् । गर्मीका लागि यी राम्रा फेब्रिक हुन् । यसका साथै तपाईंले गहिरो रङको साटो पेस्टल कलर (गुलाबी, बेबी ब्लु, हल्का पर्पल) छान्न सक्नुहुन्छ ।

यी ड्रेसलाई स्टाइलमा समावेश गर्नुहोस्

स्कर्ट

गर्मी मौसममा स्कर्ट एकदमै सुन्दर र स्टाइलिश देखिन्छ । तपाईं आफ्नो रुचि अनुसार विभिन्न प्रकारको स्कर्ट लगाउन सक्नुहुन्छ । उदाहरणका लागी, छोटो स्कर्ट देखि स्लिट वा लामो स्कर्टसम्म । यी सबैमा तपाईंको लुक फरक देखिनेछ । यीसँग तपाईंले क्रपदेखि लुज ह्वाइट सर्ट पनि स्टाइल गर्न सक्नुहुन्छ । 

हल्का नीलो डेनिम

हुन त डेनिम हरेक सिजनमा सुट हुन्छ तर यदि तपाईं यसलाई गर्मीको फेसनमा समावेश गर्न चाहनुहुन्छ भने लुज फिटिङ खालको लाइट कलरको जिन्स, शट डेनिम आदि ट्राई गर्न सक्नुहुन्छ । यस्ता पहिरनसँग स्निकर्स निकै राम्रो देखिन्छन् । तपाईंको यो लुक गर्मीका लागि उत्कृष्ट हुनसक्छ ।

रकी पाइन्ट–स्कर्ट

युवा–युवतीमाझ रकी पाइन्ट–स्कर्ट निकै चर्चित छ । तपाईं गर्मीमा यसलाई निकै सजिलै फेसनमा समावेश गर्न सक्नुहुन्छ । छोटो, घुँडासम्म आउने वा फुल लेन्थको रकी पाइन्ट किनेर लगाउन सक्नुहुन्छ । योसँग सेतो स्निकर, कन्ट्रास्ट कलरको हिल पनि लगाउन सक्नुहुन्छ ।

फ्रक ड्रेस

फ्लोरल प्रिन्टका फ्रक ड्रेस गर्मीमा धेरै सुन्दर देखिन्छ । यी सहज हुन्छन् र सुन्दर पनि देखिन्छन् । कपास, सुतीको कपडा आदिबाट बनेको फ्रक लिनुहोस् र त्यसलाई स्टाइल गर्नुहोस्, राम्रो देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप