सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

७४ दिनदेखि पानीभित्र छन् एक प्राध्यापक

मङ्गलबार, ०२ जेठ २०८०, १४ : १९
मङ्गलबार, ०२ जेठ २०८०

एक अमेरिकी प्राध्यापकले सबैभन्दा बढी समयसम्म पानी मुनी बसेको रेकर्ड स्थापित गरेका छन् । प्राध्यापक जोसेफ दितुरीले पानीमुनी ३० फुट गहिराइमा ७४ दिन बसेर गिनिज बुक रेकर्डमा नाम लेखाएका छन् । यो अभियानलाई प्रोजेक्ट नेपच्युन नाम दिइएको छ जसमार्फत महासागरीय जीवनबारे अनुसन्धान गरिँदै छ ।

तोडे पछिल्लो रेकर्ड

प्राध्यापक दितुरीले पानी मुनी बस्ने अघिल्लो रेकर्ड तोडेका छन् जुन ७३ दिन, दुई घण्टा र ३४ मिनेटको थियो । यो रेकर्ड टेनेसीका दुई प्राध्यापक ब्रुस केन्ट्रेल र जेसिका फेनले सन् २०१४ मा बनाएका थिए ।

professor३० फुट मुनी

प्राध्यापक दितुरीले फ्लोरिडामा के की लार्गेमा स्कुबा डाइभिङका लागि बनेको स्थानमा एक मार्चमा पानी मुनी प्रवेश गरेका थिए ।

७४ औँ दिनमा कीर्तिमान कायम गरेसँगै उनले ट्विटरमा लेखेका छन्, ‘सबैभन्दा धेरै समयसम्म पानीमुनी रहने रेकर्ड मैले आज तोडेको छु । अनुसन्धान गर्ने जिज्ञासाले मलाई यहाँसम्म डोहोर्‌यायो । यस्तो वातावरणमा मानिसको शरीरले कसरी काम गर्दछ भन्ने कुरा सिकाउन यसो गरेको हुँ ।’

professor1डा. डिप सी

डा. डिप सीको नामले चिनिने प्राध्यापक दितुरीले पानीभित्रै माइक्रोवेभमा अण्डा र माछा पकाए । त्यो खाएर समय बिताए । उनी दिनहुँ जसो व्यायाम गर्छन् भने लामो निद्रा पनि लिन्छन् ।

professor3अहिले पनि पानी भित्रै

प्राध्यापक दितुरी अहिले पनि पानीबाट निस्किएका छैनन् । उनी ९ जूनसम्म त्यहाँ बस्न चाहन्छन् । ९ जूनमा पानीभित्र सय दिन पुगेको दिन उनी बाहिर निस्कने योजनामा छन् । यो अभियानमा चिकित्सा र सामुद्रिक अनुसन्धानहरू समावेश छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप