मधेस सरकारलाई रुलिङ गर्न प्रमुख प्रतिपक्षको माग
जनकपुरधाम । मधेस प्रदेशमा प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेले प्रदेश सरकारलाई रुलिङ गर्न माग गरेको छ । मंगलबार प्रदेशसभा बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र कुमार ठाकुरले सरकार गैरजिम्मेवार बन्दै गएको आरोप लगाए ।
प्रदेशसभामा उठेका आवाजलाई प्रदेश सरकारले महत्त्व नदिएको भन्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउन रुलिङ गर्न उनले सभामुखसमक्ष आग्रहसमेत गरे । लोकतन्त्रको सबैभन्दा ठुलो गहना प्रतिपक्ष रहने भन्दै उनले प्रतिपक्षले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नुपर्ने प्रस्ट पारे ।
एमाले भ्रष्टाचारविरोधी पार्टी रहेको उनको दाबी छ । आफूहरुले भ्रष्टाचारका विषयमा उठाएका आवाजप्रति सरकार बेखबरजस्तै देखिएको उनले बताए ।
सांसद ठाकुरले प्रदेशसभाको बैठकमा सांसदहरुले उठाएका विषयमा सरकारलाई रुलिङ गर्नुपर्नेमा जोड दिए ।
प्रदेशका मन्त्रीले सशर्त अनुदानमा मनमानी गरिरहेको भन्दै उनले प्रदेशका सांसदहरुको आवाज नसुन्ने मन्त्रीविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण