शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस सरकारलाई रुलिङ गर्न प्रमुख प्रतिपक्षको माग

मङ्गलबार, ०२ जेठ २०८०, १५ : ५५
मङ्गलबार, ०२ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेशमा प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेले प्रदेश सरकारलाई रुलिङ गर्न माग गरेको छ । मंगलबार प्रदेशसभा बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र कुमार ठाकुरले सरकार गैरजिम्मेवार बन्दै गएको आरोप लगाए ।

प्रदेशसभामा उठेका आवाजलाई प्रदेश सरकारले महत्त्व नदिएको भन्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउन रुलिङ गर्न उनले सभामुखसमक्ष आग्रहसमेत गरे । लोकतन्त्रको सबैभन्दा ठुलो गहना प्रतिपक्ष रहने भन्दै उनले प्रतिपक्षले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नुपर्ने प्रस्ट पारे ।

एमाले भ्रष्टाचारविरोधी पार्टी रहेको उनको दाबी छ । आफूहरुले भ्रष्टाचारका विषयमा उठाएका आवाजप्रति सरकार बेखबरजस्तै देखिएको उनले बताए ।

सांसद ठाकुरले प्रदेशसभाको बैठकमा सांसदहरुले उठाएका विषयमा सरकारलाई रुलिङ गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका मन्त्रीले सशर्त अनुदानमा मनमानी गरिरहेको भन्दै उनले प्रदेशका सांसदहरुको आवाज नसुन्ने मन्त्रीविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप