शरणार्थीलाई आश्रय दिन दक्षिण सुडानले खोल्यो शिविर
जुबा । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ ।
ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताए ।
उनले सुडानसँगको सीमा नजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिए ।
मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताए ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण