नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा कमजोर नपार्न सरकारलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा र अनुसन्धान प्रक्रियालाई कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीले बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउने काम नगर्न आग्रह गरेको हो ।
‘नक्कली भुटानी शरणार्थी काण्डसम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानुनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछ’, एकीकृत समाजवादीले ज्ञापन पत्रमार्फत भनेको छ, ‘भ्रष्टाचारमा संलग्नहरू जतिसुकै शक्तिशाली भए पनि कारबाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।’
नेकपा एकीकृत समाजवादीका मोर्चा सङ्गठन प्रमुख विजय पौडेलले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन अहिलेसम्म सरकारले राखेको अडान र सकृयताले आम नागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख छ । ‘निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौ’, नेकपा एकीकृत समाजवादीले अहिलेसम्म गरेको कामको प्रशंसा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण