‘चेतन कार्की सर्जक पुरस्कार’को घोषणा
काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार स्व. चेतन कार्कीको नाममा ‘चेतन कार्की सर्जक पुरस्कार’ स्थापना गरिने घोषणा गरिएको छ । कार्कीको दोस्रो पुण्यतिथिका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा चेतन कार्की प्रतिष्ठानकी संरक्षक श्रीमती गङ्गा कार्कीले सो पुरस्कार स्थापना गरिने जानकारी दिइन् ।
चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माले कार्कीको योगदानका बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले नेपाली चलचित्र र साहित्य जगतमा कार्कीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सो कार्यक्रमा इतिहासविद् डा. सुरेन्द्र केसी, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, वरिष्ठ गायक प्रेमराजा महत, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ साहित्यकार उषा शेरचनलगायतले पनि चेतन काकीको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य राखेका थिए भने मुरारी सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानकी सल्लाहकार वरिष्ठ गीतकार प्राज्ञ उन्नति बोहरा शीला, वरिष्ठ कलाकार चैत्यदेवी सिंह, प्रतिष्ठानका सचिव रितु कँडेल, कोषाध्यक्ष पङ्कज कार्की, सदस्यहरू राधेश्याम लेकाली, दिव्य गिरी, प्रमाश्री कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ साहित्यकार सर्जकहरू प्रदीप बमजन, शरद प्रधान, रवीन्द्र खड्का, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, शङ्कर भारती, प्रद्युम्न जोशी, भीष्म उप्रेती, सुशीला देउजा, प्राडा सुमन ढकाल, विजय सागर (भैरहवा), राजेश ढुङ्गाना (झापा), प्राडा गोविन्दमान सिंह कार्की, निर्मलरमण पराजुली, राजेश खनाललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण