कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले बर्खास्त
बिहीबार, ०४ जेठ २०८०, ०९ : ३०
विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् ।
कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।
कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।
सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जबाफबाट सरकारले चित्र बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नु परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण