व्यावहारिक र कानुनी जटिलता फुकाएर लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । उनले व्यावहारिक र कानुनी जटिलता फुकाएर छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताए । बिहीबार प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार किन डराइरहेको छ ?’ भन्ने प्रश्नमा जवाफ दिँदै उनले सरकारको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् । ‘व्यवहारिक र कानुनी जटिला फुकाएर सार्वजनिक गर्न सकिन्छ’, प्रधानमन्त्रीले भने ।
यस्तै उनले रेशम चौधरीसहितका बन्दीहरुको रिहाइका लागि पहल गर्दै आएको भन्दै यससम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए । यो विधेयकलाई पारित गर्ने बाटोमा संसद अघि बढ्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘रेशम चौधरीको विषयमा यस अगाडि पनि अध्यादेश ल्याएर भएपनि छुटाउने प्रयास गरेकै हो । सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएको हो । सर्वोच्चले एक खालको फैसला समेत गरिसकेको अवस्थामा अब यो विषयलाई कसरी समाधान गर्ने भन्नेबारे हामी छिटो टुंगो पुग्नेछौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण