शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
संसदमा प्रश्नोत्तर

व्यावहारिक र कानुनी जटिलता फुकाएर लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ : प्रधानमन्त्री

बिहीबार, ०४ जेठ २०८०, १३ : ५९
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । उनले व्यावहारिक र कानुनी जटिलता फुकाएर छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।  बिहीबार प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार किन डराइरहेको छ ?’ भन्ने प्रश्नमा जवाफ दिँदै उनले सरकारको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् । ‘व्यवहारिक र कानुनी जटिला फुकाएर सार्वजनिक गर्न सकिन्छ’, प्रधानमन्त्रीले भने । 

यस्तै उनले रेशम चौधरीसहितका बन्दीहरुको रिहाइका लागि पहल गर्दै आएको भन्दै यससम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए । यो विधेयकलाई पारित गर्ने बाटोमा संसद अघि बढ्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।  ‘रेशम चौधरीको विषयमा यस अगाडि पनि अध्यादेश ल्याएर भएपनि छुटाउने प्रयास गरेकै हो । सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएको हो । सर्वोच्चले एक खालको फैसला समेत गरिसकेको अवस्थामा अब यो विषयलाई कसरी समाधान गर्ने भन्नेबारे हामी छिटो टुंगो  पुग्नेछौँ’, उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप