श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएकाले वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताएका हुन् ।
उनले मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको बताए । उनले श्रम विभाग खिइँदै गएकाले माथि उठ्नसक्ने अवस्थामा नरहेको समेत बताए ।
उनले मन्त्रालयमा वैदेशिक रोगजार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उल्लेख गरे ।
उनले श्रम रोजगारी निजी क्षेत्रसँग जोडिएको विषय भएको भन्दै श्रम बजार व्यवस्थित मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरु अघि बढ्न नसक्ने बताए ।
भण्डारीले सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेको बताए ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाएपनि कार्यान्वयन हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण