जापानका विदेशी पर्यटकको आगमन महामारीपूर्वको अवस्थामा
टोकियो । जापानमा पर्यटकको आगमन कोभिड महामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो वर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६६.६ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए ।
सन् २०२० को फेब्रुअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।
यसैबीच, वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६.४ प्रतिशतले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण