जापानका विदेशी पर्यटकको आगमन महामारीपूर्वको अवस्थामा

टोकियो । जापानमा पर्यटकको आगमन कोभिड महामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो वर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६६.६ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए ।
सन् २०२० को फेब्रुअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।
यसैबीच, वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६.४ प्रतिशतले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की