शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले शुक्रबार प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने

बिहीबार, ०४ जेठ २०८०, २३ : १६
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएका छन् । वर्तमान सरकारमा दुईजना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राइलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो । जसपाले शिक्षासहित वन मन्त्रालय पाएको छ । वन मन्त्रीको नाम भोली बुझाइने जसपा निकट स्रोतले बताएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष यादवले आज या भोलीसम्म मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएको सो पार्टीका एक सांसदले बताए । मन्त्रीको नाम पठाउने विषयमा छलफल गर्नका लागि अध्यक्ष यादवले संसदीय दलको बैठक बोलाएका थिए ।

बैठकमा सांसदहरुले मन्त्रालय र मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइसकेकाले सोही अनुसार गर्न सुझाव दिएपछि उनले आज या भोलीसम्म एक मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएका थिए ।

यसअघि जसपाले संसदीय दलको नेता चयन भएपछि मात्र मन्त्री चयन गर्ने जानकारी दिएको थियो । संसदीय दलको नेता चयन नहुँदै अध्यक्ष यादवले मन्त्रीको नाम पठाउने तयारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप