विभिन्न व्यक्तिलाई अन्तर्राष्ट्रिय सम्मान
बाँके । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बाँकेका सात जना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । क्लबद्धारा आयोजित ‘मुस्लिम समुदायको सवाल’ विषयक अन्तरक्रिया र सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो । साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधि तथा दलमा जिम्मेवारी पाएका मुस्लिमहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष इश्तियाक अहमद शाह र पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बानो, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह लगायतका जनप्रतिनिधिहरु थिए ।
कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना बृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए भने क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरुलाई अधिकारबाट बन्चित गर्ने गरी वर्तमान राजनितिक दलहरु लागी परेको दावी गरे ।
संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खानलगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण