६ पटकको विजेता सेभिल फेरि युरोपा लिगको उपाधिनजिक
काठमाडौं । स्पेनिस क्लब सेभिल युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिल बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रभावशाली इटालियन क्लब युभेन्ट्सलाई हराउँदै फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा सेभिलले युभेन्ट्सलाई अतिरिक्त समयमा २—१ गोलले हराएको थियो । उक्त नतिजापछि सेभिल ३—२ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुग्न सफल भएको हो ।
अघिल्लो साता युभेन्ट्सको मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा १—१ गोलको बराबरीमा सकिएको थियो । सेमिफाइनलको दोस्रो लेग खेलको निर्धारित समय पनि १—१ गोलको बराबरीमा सकिएपछि दुबै टोलीको कुल गोल भिन्नता २—२ गोल भएको थियो ।
त्यसपछि हारजितको निर्णयका लागि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अन्ततः अतिरिक्त समयमा गोल थप्दै सेभिल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयको ६५औं मिनेटमा दुसान भाल्होभिचले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
खेलको ७१औं मिनेटमा सेभिलका सुसोले जवाफी गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त समय (९५औं मिनेट)मा सेभिलका लागि एरिक लामेलाले निर्णायक गोल गरेका थिए । लामेलाले ब्रायन गिलको पासमा गोल गरेका हुन् ।
खेलको ११५औं मिनेटमा सेभिल १० खेलाडीमा समेटिएको थियो । सेभिलका डिफेन्डर मार्कोस अकुना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । स्पेनिस क्लब सेभिल हालसम्म सबैभन्दा बढी युरोपा लिगको उपाधि जित्ने टोली हो । सेभिलले हालसम्म ६ पटक युरोपा लिगको उपाधि जितेको छ ।
सेभिलले आफू फाइनलमा पुगेको हरेक सिजनमा उपाधि जितेको तथ्याङ्कले देखाउँछ । पछिल्लो पटक सेभिलले सन् २०२० मा युरोपा लिगको उपाधि चुमेको थियो । सेभिलले उपाधिका लागि फाइनलमा इटालियन क्लब एएस रोमाको सामना गर्नेछ ।
फाइनल खेल मे ३१ तारिखमा हंगेरीको बुढापेस्टमा खेलिने छ । युरोपेली क्लब फुटबलमा च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो प्रतियोगिता हो, युरोपा लिग ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण