आँखाले हेरेकै भरमा रोग निको हुने भ्रम सिर्जना गर्नेलाई कारबाही गर्न माग
शुक्रबार, ०५ जेठ २०८०, १६ : १६
काठमाडौँ । नेपाल चिकित्सक संघले आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने भ्रम सिर्जना गर्ने गुरु भनिने भरत केसीमाथि कारवाहीको माग गरेको छ । संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाएको हो ।
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा सरोकारवाला निकायसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण